सल्यानमा (प्रचण्ड-माधव) समुह द्धारा पालिका ईञ्चार्जको जिम्मेवारी फेरबदल

नेकपा सल्यानका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनलाई कारवाहिको लागी सिपारिस

२०७७ पुष १६ :सल्यान –   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- माधव समुहले जिल्ला अध्यक्ष गोविन्द कुमार पुनलाई कारवाहि स्वरुप अध्यक्षबाट पदमुक्त गर्न सिपारिस गरेको छ । बुधबार जिल्ला कमिटीको तेस्रो बैठकले पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा वलीको असंवैधानिक कदमलाई समर्थन दिएको भन्दै पार्टीका जिल्ला अध्यक्ष पुनलाई पदबाट मुक्त गर्न सिपारिस गर्ने निर्णय गरेको हो ।

बिहिबार पत्रकार सम्मेलन गर्दै (प्रचण्ड – नेपाल) समुहको जिल्ला कमिटीले बुधबार गरेका निर्णयहरुलाई सार्वजनिक गरेको थियो ।

केन्द्र तथा प्रदेश कमिटी, प्रदेश परिषद र प्रदेश सल्लाहकार कमिटीमा प्रतिनिधित्व गर्ने दुई तिहाई बढी नेतातथा जिल्ला कमिटीका दुई तिहाई बढी सदस्यहरुको उपस्थितिमा अध्यक्ष पुनलाई कारवाहीको सिपारिस गरिएको उक्त समुहले पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो।
त्यस्तै बैठकले प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष केपि शर्मा वलीले संसद बिघटन र पार्टी बिभाजन गर्न चालेको असंवैधानिक कदमको विरोध गर्ने, पार्टीले जिल्लामा पौष १४ गते गरेको बृहत प्रदर्शन सफल र भव्य बनाउन सहयोग गर्ने कार्यकर्ता, नागरिक समाज, पत्रकार लगाएत सवैलाई धन्यबाद व्यक्त गर्ने निर्णय गरेको बताईएको छ ।

बुधवार बसेको बैठकले जिल्लाका सवै स्थानिय तहसम्म पार्टीका भेला तथा बैठक गर्नु का साथै आन्दोलन लाई व्यवस्थित गर्ने निर्णय गरेको छ । पार्टीका भेला तथा बैठकगर्ने निर्णय अनुसार जिल्लाको शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा पौष १७ गते, कुमाख गाँउपालिका र छत्रेश्वरी गाउँपालिकामा पौष १८ गते, त्रिवेणीगाउँपालिका र दार्मा गाउँपालिकामा पौष १९ गते, बागचौर नगरपालिका र कपुरकोट गाउँपालिकामा पौष २० गते र सिद्ध कुमाख गाउँपालिका र कालिमाटी गाउँपालिकामा पौष २१ गते पार्टीको भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

त्यस्तै बुधवार बसेको बैठकले जिल्लाका विभिन्न पालिकाहरुका ईञ्चार्जहरुको जिम्मेबारी पनि फेरबदल गरेको छ । बैठकले यसअघि सिद्द कुमाख गाउँपालिका पार्टी इन्चार्ज रहेका भद्रसिंह बुढालाइ कपुरकोट गाउँपालिकामा इन्चार्ज तोकेको छ । कपुरकोट गाउँपालिकामा नेकपाका इन्चार्ज रहेका भिम बहादुर सेनले प्रधानमन्त्रिको संसद बिघटन र पार्टी बिभाजन गर्न चालेको असंवैधानिक कदमलाइ समर्थन गरेकोले उनलाइ हटाउने निर्णय गरेको छ । यसैगरि सिद्ध कुमाखको ईञ्चार्जमा सुंनिमा डिसी, त्रिवेणी गाउँपालिकाको पार्टी इन्चार्ज रहेका लोक बहादुर डाँगीलाइ हटाएर उनको ठाउँमा इन्चार्ज टिका बुढाथोकी ,जिल्ला अध्यक्ष गोविन्द पुनलाई कारवाहि पछि खाली रहेको जिल्ला अध्यक्ष कसलाई बनाउने भनेर उक्त समुहले टुंगो लागिनसकेको पनि बताएको छ । स्थायी कमिटीले अध्यक्षको टुंगो लगाउने छ । साथै पार्टीले माघ १ गते सल्यानमा बृहत कार्यकर्ता भेला गर्ने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस