सल्यान, २७ भदौ । भलिबलको संस्थागत विकासलाई प्राथमिकता दिने प्रतिबद्धता […]
सल्यान। सल्यानको शारदा नगरपालिका–१३ स्थित चलाउनेपानी, बागखोर बजारमा स्थानीय युवाहरूको संयुक्त पहलमा सार्वजनिक प्रतीक्षालय निर्माण गरिएको छ। गाउँमा आउने-जाने यात्रुहरू तथा सर्वसाधारणलाई घामपानीबाट जोगिन र विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले स्थानीय युवाहरू एकजुट भएर यो पूर्वाधार तयार पारेका हुन्। कुल २ लाख ५२ हजार ७ सय रुपैयाँको लागतमा निर्मित उक्त प्रतीक्षालय हालै स्थानीयवासीहरूको उपस्थितिमा औपचारिक रूपमा उद्घाटन गरिएको छ।
प्रतीक्षालय निर्माणका लागि अभियानका संयोजक बिर बहादुर बुढाथोकी (रु. १०,१५५/-) र उप-संयोजक हुर्मलाल बुढाथोकी (रु. ६,०००/-) को नेतृत्वमा ४० जना सहयोगी दाताहरूले आर्थिक योगदान गरेका छन्। यस अभियानमा छत्रेश्वरी–५, तिर्थपोले निवासी शेर बहादुर बस्नेतले सबैभन्दा बढी १३,५१५ रुपैयाँ सहयोग गरेका छन् भने चलाउनेपानीका देवेन्द्र बुढाथोकीले १२,३१५ रुपैयाँ योगदान गरेका छन्।
यस्तै निम बहादुर बुढाथोकी B ले १०,५००, खुमन बुढाथोकीले १०,०२२, जय बहादुर बुढाथोकीले १०,०००, निम बहादुर बुढाथोकी A ले ९,९९९, देवराज बुढाथोकी B ले ७,७७७, टोपेन्द्र बुढाथोकी र पुस्कर बुढाथोकीले ७,०००/७,००० रुपैयाँ सहयोग गरेका छन्। अन्य सहयोगीहरूमा खुमलाल बुढाथोकी (५,३५५), टेक बहादुर बुढाथोकी र शोभाराम बुढाथोकी (५,१६३/५,१६३), कृति बहादुर बुढाथोकी (५,१५०) तथा रुपलाल बुढाथोकी (५,०१९) रहेका छन्।
त्यस्तै सुन्दर बुढाथोकी, लोकमान बुढाथोकी, रन बहादुर बुढाथोकी, राम बहादुर बुढाथोकी, मनु बुढाथोकी, कमल बुढाथोकी, बिष्णु बुढाथोकी, हिरालाल बुढाथोकी, शेर बहादुर बस्नेत, हेमराज बुढाथोकी, तुल्सीराम बुढाथोकी र पुठ बहादुर बुढाथोकीले समान ५,०००/५,००० रुपैयाँ योगदान गरेका छन्।
साथै नन्दलाल बुढाथोकी (४,४७५), देवीलाल बुढाथोकी र हिरालाल भारती (४,१००/४,१००), गौरीलाल बुढाथोकी, मान बहादुर बुढाथोकी, फौद बहादुर बस्नेत र दल बहादुर बस्नेत (४,०००/४,०००), चेत बहादुर बस्नेत (२,५०५), भागिराम बुढाथोकी र देवराज बुढाथोकी A (२,५००/२,५००), लिलमान बुढाथोकी (२,०००) र सल्यानचौरका ज्ञानिजल बस्नेतले २,००० रुपैयाँ सहयोग गरी निर्माण सम्पन्न गरेका हुन्।
सरकारी बजेटको मुख नताकी युवाहरूले देखाएको यो सामाजिक उत्तरदायित्व, सहकार्य र सक्रियताको स्थानीयवासीले उच्च प्रशंसा गरेका छन्। यस अभियानले गाउँमा आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै आपसी एकता, सहकार्य र सामाजिक जिम्मेवारीको भावनालाई समेत मजबुत बनाएको छ।
