सल्यान, २५ भदौ । आत्महत्याको जोखिम न्यूनीकरण गर्न र विद्यार्थीमा […]
सल्यान, २५ भदौ ।
प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसीलाई कर्मचारी मिलन केन्द्र सल्यानले स्वागत गरेको छ । गृह मन्त्रालयबाट सल्यानको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएर आउनुभएकी केसीलाई केन्द्रले आज एक कार्यक्रम आयोजना गरी स्वागत गरेको हो ।
कर्मचारी मिलन केन्द्र सल्यानका अध्यक्ष धीरेन्द्र भण्डारीको अध्यक्षता तथा जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश योगीले प्रमुख जिल्ला अधिकारीसँग आगामी दिनमा उत्कृष्ट सहकार्य हुने अपेक्षा व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले सल्यानमा आफ्नो कार्यकालमा जिल्लावासीलाई प्रभावकारी सेवा प्रदान गर्न र आवश्यक सहयोग गर्न आफू तत्पर रहेको बताउनुभयो ।
केन्द्रका सचिव विष्णु शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष डा. मित्र पाठकले कविता वाचनमार्फत प्रमुख जिल्ला अधिकारी अधिकारीको स्वागत गर्नुभएको थियो ।
केन्द्रका अध्यक्ष भण्डारीले प्रमुख जिल्ला अधिकारी अधिकारीलाई स्वागत गर्दै कर्मचारी मिलन केन्द्रले गर्दै आएका विभिन्न गतिविधिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालयका कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
