अभिभावक गुमाएका सुशान्त र सुजितको भविष्यका लागि सहयोग गरौँ

सल्यान २६ भाद्र २०८३

सल्यान — बागचौर नगरपालिका–८, गैरागाउँका १४ वर्षीय सुशान्त बस्नेत र ६ वर्षीय सुजित बस्नेतले छोटो समयमै आमा–बुबा दुवै गुमाएका छन्। कोरोना महामारीका क्रममा बुबा गोविन्द बस्नेतको निधन भएको थियो। गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा आमा प्रमिला बुढाथोकी बस्नेत बेपत्ता भएपछि उनीहरू अभिभावकविहीन बनेका हुन्।अभिभावक गुमाएपछि दुवै बालकको पालनपोषण, शिक्षा र दैनिक जीवनयापनमा समस्या भएको आफन्तले बताएका छन्। हाल उनीहरू वृद्ध हजुरआमाको संरक्षणमा छन्। कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको शिक्षालाई निरन्तरता दिनसमेत कठिनाइ भएपछि आफन्त तथा स्थानीयवासीले सहयोगका लागि अपिल गरेका छन्।दुवै बालकको शिक्षा र भविष्य सुरक्षित गर्न कान्छा छोरा सुजित बस्नेतको नाममा नेपाल बैंक लिमिटेडमा ‘सन्तति बचत खाता’ सञ्चालनमा ल्याइएको छ। इच्छुक व्यक्तिले बैंक वा उपलब्ध क्यूआर कोडमार्फत खातामा रकम जम्मा गरेर सहयोग गर्न सक्ने जनाइएको छ।

खाता विवरणखातावालाको नाम: SUJIT BASNETबैंक: नेपाल बैंक लिमिटेडखाता नम्बर: 24710608169537000001खाता प्रकार: Santati Saving Accountसम्पर्क: 9744718980आफन्तका अनुसार प्राप्त सहयोग रकम बालकहरूको पालनपोषण, शिक्षा तथा भविष्य निर्माणमा उपयोग गरिनेछ। ‘अभिभावक गुमाएका यी दुई बालकको भविष्यका लागि सक्दो सहयोग गरिदिन’ उनीहरूले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस