राप्ती लोकमार्गको राम्री नजिक सडक भासियो, सल्यान-सुर्खेत सडक पनि अवरुद्ध

सल्यान, १२ असोज ।

अविरल बर्षाका कारण निरन्तर परिरहेको पानीले राप्ती राजमार्ग अन्तरगत सल्यान-दांग सडक खण्ड भासिएको छ । शनिबार बिहान करिब ७:३० बजे तिर राम्री देखि चोरखोला बिचको सडक भासिएको हो । सडक भासिदा लामो तथा छाेटाे दुरिका यातायातका साधन पुर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

सडक  पुर्णरुमा भासिएकाले केही दिन सम्म सवारी आवागमन ठप्प हुने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार सडक धेरै तल बाट भासिएकाले मर्मत गर्न करिब ४/५ दिन समय लाग्ने देखिन्छ । सडक सुचारु नहुदा सम्म ठुलो सवारी साधन ठप्प हुने उनले जनाए ।

साना सवारी साधनका आवागमनका लागि भने कपुरकाेट पाखापानी अन्तर्गत पर्ने वैकल्पिक बाटोको प्रयोग गर्ने प्रयास गरिएपनी पानी परिरहेकाले समस्या आएको खत्रीले जनाए । भासिएको सडकमा मर्मतका लागि ठुलो वाल निर्माण गर्नुपर्ने देखिएको छ ।

उता बनगाड कुपिण्डे नगरपालिकाको वडा न ८ कोटभिरमा पहिरोका कारण सल्यान सुर्खेत सडकखण्ड पनि पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस