बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
काठमाडौं । माओवादी केन्द्रका नेता कार्यकर्ता र विभिन्न संगठनहरुले प्रकाश सपूतको ‘पिर’ प्रति आक्रोश व्यक्त गरिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तेजित कोही हुनु आवश्यक नभएको बताएका छन् ।
धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वलडाकुहरू देशको निम्ति शान्तिमा आइयो भनेर गर्व गर्ने र कत्रो सपना देखेको थिएँ माओवादीले शान्तिमा ल्याएर बर्बाद पारे भन्ने पनि रहेको बताए ।
जनयुद्धकालमा महिलाले वीरता र कीर्तिमान कायम गरेको प्रचण्डको भनाइ छ ।
‘महिलाले हिजो जनयुद्धको बेला वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन् । त्यतिबेला राज्यका पक्षबाट भएका दमन र अत्याचार पनि छन् । यो विषयमा उत्तेजित कोही हुनुपर्ने छैन । तर्क बितर्क हुन्छन् त्यसलाई सहज स्वाभाविक रूपमा लिनुपर्छ । अहिले मात्र होइन सयौं वर्ष हामी गइसकेपछि पनि हुनेवाला छ ‘, उनले भने ।
जनयुद्धलाई शान्ति र संविधानमा ल्याउन ठीक थियो कि थिएन ? भन्ने प्रचण्डको प्रश्न छ । उनले आफू खाडी मुलुक जाँदा दुस्खपू्र्ण जीवन बिताएका लडाकुहरूलाई भेटेको स्मरण सुनाए ।
‘म कतार वा मलेसियामा जाँदा होस् । सयौंका सयौं संख्यामा त्यहाँ दुस्खपूर्ण जीवन बिताएका लडाकुहरूलाई भेटेँ’, प्रचण्डले भने, ‘उहाँहरूले मलाई भन्नुहुन्थ्यो कमरेड तपाईंलाई अप्ठ्यारो पर्यो भने भन्नुस् है हामी जस्तोसुकै त्याग गर्न तयार छौं हामी बिग्रेका छैनौ विचलित भएका छैनौं ।’
प्रचण्डले पूरै गीत भने आफूले नहेरेको बताए ।
https://youtu.be/Gep3jLq32OI
