सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
४,असार । लगातार परिरहेको वर्षाका कारण डोटीमा पहिरोमा परेर दुई बालबालिकाको मुत्यु भएको छ ।
विहीबार साँझ जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीय बालिका जेनिषा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिए ।
उनीहरुको दिपायल सिलगढी नगरपालिका–५ को चिसापानी भन्ने ठाउँमा पहिरोमा पुरिएर मृत्यु भएको हो । बाख्रा चराउन गएका उनीहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए ।
च्यापिएको थाहा भएपछि नेपाल प्रहरी र स्थानीयले पहिरो पन्छाउँदा उनीहरुको शव फेला परेको हो । मंगलबार मात्रै जिल्लाको केआई सिंह गाउँपालिकाका एक ६५ वर्षीय पुरुषको पहिरोमा परि मृत्यु भएको थियो ।
