काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
सल्यानमा नेपाल कम्युनिस्टपाटि {केपी समूह} निकट अनेरास्ववियुले भेला, प्रशिक्षण संगै संगठन निर्माण कार्यलाई तीव्रता दिएको छ बुधबार बागचौर नगरपालिका वडा नं १० स्थित महेन्द्र माबिमा कमिटी गठन गरेको छ ।
सिता गिरीको अध्यक्षतामा १६ सदसिय उच्चमावि कमिटी गठन गरेको छ जसको उपाध्यक्षमा नितिशा खड्गा सचिव अन्जु धिताल सहसचिव सपना मगर कोषाध्यक्ष टिका केसी रहेका छन् ।
त्यस्तै कपिल केसीको अध्यक्षतामा ४६ सदसिय मावि कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा देबराज खत्री सचिव विष्णु डीसी सहसचिव सौगात खड्का र कोषाध्यक्षमा दिपक गौतम रहेका छन ।
अनेरास्ववियु जिल्ला कमिटी संयाेजक तथा केन्द्रीय सदस्य रामबहादुर खत्रीले प्रधानमन्त्रीलाई काम गर्न नदिएर सांसद विघटन गर्नु परेकोले अब सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि सम्पूर्ण विद्यार्थीहरु प्रधानमन्त्रीको पक्षमा अाउन आग्रह गरेका थिए ।
रामबहादुर खत्री को प्रमुख आथित्यमा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य दिपक खड्का , सुरेश खत्री ले सहजीकरण गरेका थिए भने कार्यक्रमको संचालन झक्कु प्रसाद शर्माले गरेका थिए ।
