संगठन विस्तारमा एमाले, छत्रेश्वरीको १ र ४ मा नयाँ टोल कमिटी निर्माण

सल्यान, ६ मंशिर ।

नेकपा (एमाले) ले संगठन सुदृढीकरण तथा विस्तार अभियानलाई निरन्तरता दिँदै सल्यानको छत्रेश्वरी गाउँपालिकामा तीन नयाँ कमिटी गठन गरेको छ । वडा नं १ अन्तर्गत दुई र वडा नं ४ मा एक नयाँ टोल कमिटी गठन गरेको एमाले छत्रेश्वरीले जनाएको छ ।

छत्रेश्वरी १ मा पलाटे १ नं टोलमा प्रेम चन्दको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन गरिएको छ । र सोही वडाको टोल नं ३ फारुलिबोटमा भोपेन्द्र चन्दको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी निर्माण भएको एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिए । कार्यक्रमकै क्रममा नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका नेपाली कांग्रेसका क्रियाशील सदस्य मोहन चन्दलाई पनि विशेष सम्मान र स्वागत गरिएको थियो । उनले नेकपा (एमाले) को नीति र कार्यक्रमप्रति विश्वास राखी संगठनमा आबद्ध भएको उल्लेख गरे ।

यस्तै छत्रेश्वरी गाउँपालिका वडा नं ४ अन्तर्गत टोल नं १ मा पनि शेरबहादुर विकको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन भएको छ । सो अवसरमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नेव बहादुर खड्काले संगठनको भूमिकालाई थप मजबुत बनाउने उद्देश्यले वडा कमिटीहरूको महत्वलाई विशेष जोड दिइएको बताए ।

छत्रेश्वरी १ मा भएका टोल कमिटी निर्माण कार्यक्रममा नेकपा एमाले छत्रेशवरी गाउँपालिका कमिटीका अध्यक्ष ज्ञान बहादुर खड्का सहित जिल्ला कमिटी सदस्य खडग शाही, अमृता चन्द, पुर्व जिल्ला कमिटी सदस्य टोप ब चन्द, पालिका कमिटी सदस्य सुरेन्द्र चन्द, नेत्र चन्द, वडा कमिटी अध्यक्ष काली बहादुर चन्द, सचिव रुन्द्र चन्द लगाएतको सहभागीता रहेको थियो । उनीहरुले नवगठित टोल कमिटीहरूलाई पार्टीका नीति, कार्यक्रम, र संगठनात्मक कार्यलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि जोड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस