राष्ट्रिय युवा संघ कपुरकोटमा नयाँ नेतृत्व चयन

सल्यान, २७ साउन 

राष्ट्रिय युवा संघ नेपाल, कपुरकोट गाउँपालिका कमिटिको तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष पदमा फेरि अर्को एक कार्यकालका लागि मिलन पुनलाई चयन गरेको छ । जसको उपाध्यक्षमा चन्द्रमणी खड्का, सचिवमा इश्वर केसी, उपसचिवमा बल बहादुर वली र मंगली बिक तथा कोषाध्यक्षमा लुद्र बहादुर राना चयन भएका छन् । कपुरकोटमा सम्पन्न अधिवेशनले २१ सदस्यिय राष्ट्रिय युवा संघ नेपाल, कपुरकोट गाउँपालिका कमिटि निर्माण गरेको युवा संघ सल्यानका जिल्ला कमिटी सदस्य पन्चबिर बुढाले जानकारी दिए ।

उद्घाटन सत्रमा मन्तव्य राख्दै एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले नेकपा एमाले सल्यानमा कमजोर नभएको भन्दै स्वार्थी र लोभमा फसेका केही व्यक्तिहरु मात्रै विभाजनमा सहभागी भएको बताए। समाजवादिमा लागेका केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरका धेरै नेता कार्यकर्ता एमालेमा फर्किसकेको जनाउँदै उनले एमाले झन बढी मजबुत र संगठित बन्ने धारणा राखे ।

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष समेत रहेका बुढाथोकीले युवाहरुको लगनशीलता र मिहेनतले समाज रुपान्तरणमा प्रमुख भुमिका राख्ने बताए । देशैभरी एमालेप्रती युवा आकर्षण बढिरहेको भन्दै उनले युवाहरु उत्पादन मुलक काममा लाग्नुपर्ने र समाजका हरेक क्षेत्रको नेतृत्व गर्नुपर्ने बताए ।

कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष रुपक बुढा, एमाले सल्यानका सचिवालय सदस्यहरु घनश्याम शर्मा, ओम बहादुर बुढा, पार्टी जिल्ला कमिटी सदस्य मधुसूदन गिरी, जिल्ला कमिटी सदस्य तथा पालिका कमिटी अध्यक्ष द्रोण केसी, युवा संघक कर्णाली प्रदेश कमिटी सदस्य डिल्ली खड्का, राष्ट्रिय युवा संघ सल्यानका उपसचिव दिलिप रावत, एमाले कपुरकोटका सचिव मित्र कठायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य तेज बहादुर राणा, युथ फोर्स नेपालका केन्द्रीय सदस्य कुबेर केसी, एमाले कपुरकोटका उपसचिव इश्वर बुढा र रुपलाल बुढाथोकी, युवा संघका जिल्ला कमिटी सदस्यहरु निर्माण राना, एमाले कपुरकोट २ का अध्यक्ष नवराज बुढा, ६ का अध्यक्ष पुर्णसिंह बोहोरा लगायतको पनि सहभागिता थियो ।

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल सल्यानले स्थानिय तहहरुमा पालिका कमिटीको अधिवेशनलाई तिब्रता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस