सल्यान, साउन ११ । सल्यानमा एक बृद्धा मृत अवस्थामा फेला […]
सल्यानको बागचौर नगरपालिकाको मेयर र उपमेयरका लागि नेकपा (एमाले)ले सर्वसम्मत उम्मेदवार टुंगाएको छ। एमाले सल्यानले स्थानीय तह निर्वाचनमा बागचौर नगरपालिकाको प्रमुखमा तिलक मल्ल (क्षितिज) र उप प्रमुखमा भक्तकुमारी बीएम केसीलाई सर्वसम्मत नाम टुङ्गो लगाएको हाे।
नगर पार्टीको बैठकले मल्ल र बीएमको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको जिल्ला सचिवालय सदस्य दीपेन्द्रप्रकाश डाँगीले जानकारी दिएका छन् ।
मल्ल एमाले कर्णाली प्रदेश कमिटी सदस्य हुन् भने बीएम नगर कमिटी सदस्य हुन् ।

