सल्यान, १० असोज । सल्यानको लान्तीमा ट्रेक्टर र मोटरसाईकल एक […]
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपल्ट धेरै महिलालाई मेयर र उपमेयर बनाउने चाहना रहेको बताएका छन्।
बुधबार भूमिहीनलाई लालपूर्जा वितरण गर्ने कार्यक्रम अन्तर्गत चितवन पुगेका उनले भरतपुर महानगरपालिकाको उदाहरण दिँदै यस्तो बताएका हुन्।
भरतपुरमा महिला मेयर र उपमेयरले राम्रो काम गरेको बताउँदै उनले भने, ‘२०७४ को चुनावमा छोरी थियो। अब आउँदा रेणुको बुवा प्रचण्ड भएको छु। महिलाहरुले चाह्यो भने गर्न सक्छन् भन्ने देखियो।’
महिलाले नेतृत्व लिएको स्थानको सफलता सुशानमा समेत देखिएको उनको भनाइ छ। उनले थपे, ‘धेरै पालिका प्रमुख र उपप्रमुख यसपल्ट महिलालाई बनाउने विचार छ। धेरै वर्ष पुरुषले राज गरियो अब महिलालाई धेरै नै जिम्मेवारी दिएर हेरौं। केही वर्ष महिलाले राज गरेको हेरौं।’
प्रचण्डले मन्त्रिपरिषद्मा पनि महिलाहरु सफल देखिएको बताए। माओवादी केन्द्रबाट मन्त्री बनेका ऊर्जामन्त्री पम्फा भूसाल र भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठको उनले प्रशंसा गरे।