सल्यान, ८ पुस । करदाता सेवा कार्यालय सल्यानले पाँच महिनाको […]
२२ चैत, सल्यान। सल्यानकाे बागचौर नगरपालिकाले पत्रकारिता सम्बन्धि तीन दिने अभिमुखीकरण तालीम सुरु गरेको छ । चैत २२ देखि २४ गते सम्म संचालन हुने तालिमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले पत्रकारिता क्षेत्रमा बागचौर नगरपालिकालाई अगाडि बढाउनको लागि नगरपालिकाले यस तालीमको आयोजना गरेको बताएका छन् ।
सल्यान जिल्लामै सबै भन्दा बढी राजनीतिक नेतित्व जन्माएको बागचौर नगरपालिकामा पत्रकारीता लाई पनि व्यापक गराउन आफुहरु लागि परेको बुढाथोकीले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले नगरपालिकाका १२ वटै वडाहरुमा सञ्चार क्षेत्रको बिकास गर्नको लागि नगरपालिकाले पहिलेका बर्षहरुमै धारणा बनाएको तर कोरोना महामारीले गर्दा तालिम संचालनमा ल्याउन नसकेको बताएका छन्।
उनले तालीममा नगरपालिकाका १२ वटै वडा बाट सहभागी प्रशिक्षार्थी हरुलाई उपलब्धि मुलक ज्ञान हासिल गर्न आग्रह गरेका छन् ।बुढाथोकीले पत्रकारीतालाई स्वच्छ,निष्पक्ष बनाउन सबै आ आफ्नो ठाउँ बाट लागि पर्न आग्रह गरेका छन्।
यस तालिमको उद्घाटन सत्रमा बोल्दै बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले पत्रकारीता क्षेत्र समाजको ऎना भएको बताएका छन् ।उनले पत्रकारिता समाज परिवर्तनको एउटा महत्त्वपूर्ण पक्ष भएकाले प्राविधिक संगै आफू समेत परिवर्तन हुन सक्ने ब्यक्तिले पत्रकारीतालाई अगाडि बढाउन सक्ने बताएका छन् । उद्घाटन सत्रको सभा अध्यक्ष समेत रहेका हमालले पत्रकारिता गर्ने ब्यक्ति शैक्षिक स्तरलाई कायम गर्न सक्ने हुनु पर्ने समेत बताएका छन् ।
तीन दिन सम्म संचालन हुने पत्रकारीता तालिमको मुख्य प्रशिक्षकको रुपमा, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य दिपक शर्मा, रेडियो तहल्काका स्टेसन म्यानेजर डिल्ली राज रावत रहेका छन।
गुराँस अनलाइनका सम्पादक धनेश्वर खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी तिर्थराज डाँगी, नगरपालिका जिन्सी शाखा प्रमुख लालबहादुर डिसी नेपाल पत्रकार महासंघ सल्यानका सचिव टिकाराम भण्डारी( दिपसागर), रिसेन्ट खवर अनलाइनका संचालक हरिप्रकाश पुन, जनसाहारा अनलाइनका सम्पादक पुष्पा रिजन डिसी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन फोटो पत्रकार समुह सल्यानका अध्यक्ष बामदेव केसीले गरेका छन् ।