स्थानीय चुनाव पछि एमालेलाई टर्च बालेर खाेज्नु पर्छ : नेता केसी

२०७८ चैत्र २१, साेमबार

२१ चैत्र, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानका जिल्ला अध्यक्ष हरि केसीले आगामी निर्वाचन पछि जिल्लामा एमाले र गुलावजंग शाहलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । व्यक्तिवाद, अहम्ता र प्रतिगामी तत्वमा लिप्त भएको एमालेले सल्यानका सबै निर्वाचनमा हार्ने र गुलावजंग शाह कहिल्यै राजनितिमा नफर्किने गरेर सल्यान छोडेर जाने उनले बताएका हुन ।

सल्यानको खलंगामा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आसन्न स्थानिय तहको निर्वाचनमा एमालेले वडा सदस्य समेत नजित्ने बताए । एमालेको दिन गन्ति शुरु भैसकेको छ, स्थानिय तहको निर्वाचनमा शुन्य हुन्छ, प्रदेशसभा र संघिय निर्वाचनमा पनि एमालेले जित्दैन् उनले भने गुलावजंगले अब सल्यानमा बसेर चुरीफुरी गर्ने दिन धेरै छैनन्, स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन पछि टर्च बालेर खोज्नुपर्छ ।

उनले एकीकृत समाजवादी पार्टी प्रति आमनागरिकको आर्कषण बढ्दै गएकाले आगामी स्थानिय तहको निर्वाचनमा पार्टीले उत्साहजनक नतिजा प्राप्त गर्ने बताएका छन् । यसका लागि पार्टीका नेताकार्यकर्ताहरु सक्रियताका साथ लागिरहेको उनकाे भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस