सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
आँखा तथा कान सम्बन्धीका बिरामीले अब सल्यानको बागचौरबाट नै सेवा पाउने भएका छन् ।
नगरपालिकाको वडा न २ खरिबोटमा नगरप्रमुख लोकमान बुढाथोकीले “प्राथमिक आँखा तथा कान उपचार केन्द्र” को उद्घाटन गरेसँगै उक्त रोगका बिरामीहरूको उपचार तथा परामर्श औपचारिकरुपमा सुरु भएको छ।
नेपाल नेत्र ज्योति संघको सहकार्यमा बागचौर नगरपालिकाले उक्त केन्द्र सञ्चालन गरेसँगै सल्यानका बागचौर,दार्मा,कुमाख,छत्रेश्वरी,लगायत रोल्पा तथा रुकुमका सेवा ग्राहीले समेत लाभ लिन सक्नेछन्।
कान,आँखा चोटपटक जस्ता आपतकालीन उपचार तथा चेक जाचको लागि श्रीनगर तथा दाङ जानु पर्ने अवस्थाको अब अन्त्य भएको छ।जटिल केश बाहेक सम्पुर्ण समस्याहरुको अब सोही ठाउँबाट उपचार सम्भव हुनेछ ।
उद्घाटन कार्यक्रममा बाेल्दै नगर प्रमुख बुढाथोकीले खरिबोटमा आँखा तथा कान उपचार केन्द्रकाे सुरुवात गरेर ऐतिहासिक काम शुभारम्भ गरेकाे बताए ।
नगरपालिका सँग सीमित बजेटमा सक्ने जति ठाउँमा सहकार्य गरेर अधिकतम सुविधा जनतालाई दिने चाहाना रहेको नगर प्रमुखको भनाई रहेको थियाे ।