काठमाडौ बन्यो विश्वकै बढी वायु प्रदुषण भएको शहर, विमानस्थलमा अवतरण गर्न सकेन विमान

१४, चैत -२०७८

काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । काठमाण्डौमा अहिले वायु प्रदूषण मापन सूचक विश्वकै सबैभन्दा माथि पुगेको छ । सोमवार वायु प्रदूषणको सूचक एक्यूआई एक सय ६२ पुगेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । सोमवार देखिएको सूचक विश्वकै सबैभन्दा बढी प्रदुषित हो ।

विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५९ रहेको छ । एक्यूआई एक सय ५३ रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा छ ।

नेपालको पोखरा, सिमरा, भरतपुर, धनकुटालगायतका ठाउँमा पनि वायु प्रदूषण मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको छ ।

यस्तै

काठमाण्डौ । कम भिजिविलिटी का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् । विमानस्थल माथिको आकासमा आज एउटा विमान ५ फन्का लगाएर बल्ल अवतरण गर्न सफल भएको छ ।

आज बिहानैदेखि काठमाण्डौको मौसम धुम्म हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट हुने दुई दर्जन उडानमा ढिलाइ भएको विमानस्थल कार्यालयले जनाएको छ ।

आबुधाबीबाट आएको एअर अरेबियाको जहाजले पर्साको आकाशमाथि पाँच फन्का लगाएपछि बल्ल अवतरणको पालो पायो । यस्तै पोखराबाट काठमाण्डौका लागि उडेको जहाजले पनि चितवनमाथिको आकाशमा थुप्रै फन्का लगाएपछि अवतरण गरेको छ ।

मौसममा सुधार नआएसम्म विमानस्थलबाट हुने उडान अवतरण प्रभावित हुने र केही उडान रद्द नै हुने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस