सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
१० चैत |पछिल्लो समय सल्यानमा बस्तुभाउ चोरी गर्ने गिरोह सकृय बनेको छ । उत्त समुहले कोहि नभयको मौका पारी रातको समयमा गोठमा बाँधेका खसी बोका लगायतका बस्तुभाउ चोरी गर्ने गरेका छन ।
६ जना भन्दा माथिको समुहमा रहेका उनिहरुले चोरी गर्न मोटरसाइकल, डवलक्याप लगायतका सवारी साधनसमेत प्रयोग गर्ने गरेका छन ।
गत बुधवार मात्रै जिल्लाको बागचौर नगरपालिका १० का स्थानिय नेत्रमनी अधिकारीको घरमा उक्त समुहले चोरीको प्रयास गरे।
राती करिब ११ बजेको समयमा घरमा सबै सुतेको मौका पारी घर नजिकैको गोठमा बाधीराखेको खसी चोर्ने प्रयास गरेका थिए। खसी कराएको आवाज आएपछि हेर्न खोज्दा दुईजना ब्यक्ति बाईकमा खसी लियर जादै थिए ।
सुरुमा उनलाई खसी व्यापारी जस्तो लाग्यो तर पछी उनीलाई आफ्नै खसी जस्तो लागेपछि शंका लागेर उनीहरुलाई पछ्याउन खोज्दा उनीहरुको भाग्ने प्रयास गरेका गरे।
खसी चोरी भयको उनको शंका तबमात्र एकिनमा परिणत भयो जब उनकी श्रीमतीले घरमा बाँधी राखेको खसी त्यहाँ नभएको बताईन। त्यतिन्जेल सम्म उनिहरु टाढै पुगिसकेका थिए। त्यसपछि उनि आफ्नो खसी चोरी भएको भन्दै कराउन थाले क्षण भरमै हल्ला गाँउभरी भैलियो ।
त्यसपछि स्थानीयले उनीहरुलाई पक्रन खोज्दा खसी त्यहि छोडेर भागेका थिए। उनीहरूसँग हातहतियार हुन सक्ने शंकाले स्थानीयहरुले उनीहरुलाई पक्रन नसकेको बताए।
त्यहाँबाट भागेका उनीहरु सल्यान–रुकुम सडक खण्डको कालाखेत बजार नजिकै पर्ने चोरखोला पुगेपछि पहिलेनै रोकिराखेको डवलक्याप गाडी र अरु दुईवटा मोटरसाईकल समेत त्यस समुह संगै भागेको देखिएको अभिकारीले बताए ।
चोरीको प्रयास भएको दिन केहि संकास्पद ब्यक्ति उनको घर आसपास डुलिरहेको उनले बताए। कपडा बेच्ने व्यापारीको भेषमा आएका उनीहरु दिनभर आफ्नै घर वरिपरिमात्रै डुलिरहेको समेत उनले बताए।
केही दिन अघि मात्रै सोहि वडामा स्थानियका दुई वटा खसी चोरी भएका थिए।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सल्यान लगायत आसपासका क्षेत्रहरुमा यो समूह सक्रिय रहेको पाईएको र अहिले यो समुहको खोजी कार्य भइरहेको बताएको छ ।
यसरी घरपालुवा वस्तु भाउहरु चोरी हुँदै जान थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् ।बस्तुभाउ मात्रै नभई गाँउमा लुटपाट,चोरी जस्ता कार्यहरु बढ्नसक्ने भन्दै स्थानिय त्रसीत बनेका छन्