सामाजिक सुरक्षा भत्ता सँग सम्बद्ध गुनासो सुनुवाई समितिका पदाधिकारी लाई अभिमुखिकरण सम्पन्न

१ चैत्र २०७८, मंगलबार

१ चैत्र, सल्यान । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता गुनासो सुनुवाई तथा नागरिक सहभागिता अभिवृद्धि सम्बन्धी बागचौरको शारदा टप होटलको सभाहलमा आयोजना गरिएको एक दिने अभिमुखिकरण कार्यक्रम सम्मपन्न भएको छ ।

कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत रामबहादुर हमालको अध्यक्षतामा सञ्चाल गरिएको थियो भने अथिती नगरप्रमुख लोकमान बुढाथोकी, उपप्रमुख कल्पना पुन, वडा अध्यक्ष,  महिला वडा सदस्य, सूचना अधिकृत, सम्बन्धित शाखा प्रमुख, वडा सचिव लगाएत सिविस नेपालका संयोजक, सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संमयोजक र आर्थिक संयोजक लगाएतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम सञ्चालन बागचौर नगरपालिकाका सामाजिक परिचालक अधिकृत चुडामणि वलीले गर्नु भएको थियो भने कार्यक्रमको महत्त्व र कार्यक्रमको अवस्था बारे सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संमयोजक पुस्कर काफ्लेले राखेका थिए ।  आफ्नो महत्त्वपुर्ण समयको बाबजुत समय व्यवस्थापन गर्दै कार्यक्रममा उपस्थित भएर नगर प्रमुख लोकमान बुढाथोकिले स्वागत मन्तव्य राख्दै नगर प्रमुख बुढाथोकीले यस्ता प्रकारका कार्यक्रमले निकट भविष्यमा सार्वजनिक निकायमा हुने गरेका वा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सँग सम्बन्धित गुनासो सुनुवाईले निश्चित  समयमा तोकिएका समिति मार्फत गुनासो फर्छौट हुने र सेवाग्राहिले सहज र सरल तरिकाले सेवा लिन सक्ने बताएका छन् ।

उक्त कार्यक्रममा गुनासो सुनुवाई समितिका पदाधिकारीको लागि अभिमुखिकरण कार्यक्रममा विभिन्न कानुन सँग सम्बन्धित रहेर पदाधिकारीको कार्यविभाजन, काम कर्तव्य, अधिकार,  गुनोसो गर्ने प्रकृया, गुनासोको माध्याम र गुनासो दर्ता गर्दा चाहिने कागजात लगाएतका विषयमा रहेर सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका शाखा प्रमुख धनेश्वर खड्काले प्रस्तुत गरेका थिए ।

कार्यक्रम लाई समापन गर्दै प्रमुख प्रशासकिय अधिकृत हमालले कार्यक्रम सकिएको जानकारी गराउदै अब बागचौरमा नगरपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सँग सम्बद्ध गुनासो सुनुवाई व्यवस्थापनको सुरु भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस