सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
१ चैत्र, भक्तपुर । नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाले हरेक वर्ष आयोजना गरिने विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सुपर डान्सर सिजन ३ को अडिसन २०७८ फाल्गुन २८ बाट सुरु भएको छ।
Wave The Body Dance Institute
वालकोट भक्तपुर बाट पहिलो अडिसनको सुरुवात गरिएको र सोही दिन बेसिगाउँ जोरपाटीमा अवस्थित Versatile Dance Studio मा पनि अडिसन सम्पन्न भएको छ।
दुवै ठाउँबाट करिब ८० जना प्रतिस्पर्धीहरु सहभागी भएको कार्यक्रममा दोस्रो चरणमा ५० जना पुग्न सफल भएका छन् ।
उक्त कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाका सह-कोषाध्यक्ष अष्ट मान लामा तामाङ र सदस्य आशिष राई निर्णायकको भुमिकामा रहनु भएको थियो ।
सिजन १ र २ भक्तपुर जिल्ला भित्रका विद्यालयलाई मात्रै सहभागी गराएको कार्यक्रममा सिजन ३ मा काठमाडौं ,ललितपुर र भक्तपुर जिल्ला भित्रका कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने छात्र तथा छात्राले सहभागी हुन पाउने र अडिसन राउन्डको दोस्रो चरण कपन काठमाडौंमा अबस्थित एनडिए डान्स स्टुडियोमा यहि चैत्र ५ गते शनिबार हुने जानकारी संघका अध्यक्ष चुडामणि फुयालले दिएका छन्।