बागचौर नगरपालिकामा नगरकै गौरवका तीन वटा ठुला खानेपानी योजनाहरु निर्माण सम्पन्न

२०७८ फाल्गुन ३०, साेमबार

३० फाल्गुन, सल्यान । जलवायु परिवर्तन सहयोग कार्यक्रम नेपाल र दातृ निकाय UKAID (from the britain people) प्रतिनिधि सहितको टिमले सो कार्यक्रमको अनुदान सहयोगबाट बागचौर नगरपालिकामा निर्माण सप्पन्न भएका योजनाहरुको स्थलगत अवलोकन भ्रमण कार्य सम्पन्न गरि योजना निर्माणको गुणस्तर र दीर्घकालीन प्रयोग तथा संरक्षण सम्बन्धमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहितको द्विपक्षीय संयुक्त छलफल तथा शिष्टाचार भेटवार्ता कार्यक्रम सम्पन्न भएको छ ।

बागचौर नगरपालिकामा जलवायु अनुकुलन कार्यक्रम अन्तर्गत करिब २ करोड भन्दा बढीको लागतमा नगरकै गौरवका तिनवटा ठुला खानेपानी योजनाहरु निर्माण सम्पन्न भएका छन ।
१) सिर्पा खानेपानी योजना बानपा ५
२) कोटमौला खानेपानी योजना बानपा ८
३) भाटभिटे लिफ्ट खानेपानी योजना बानपा १०

कार्यक्रममा नगर प्रमुख श्री लोकमान बुढाथोकीले अनुदान सहयोगको लागि आगामी दिनहरूमा पनि सहकार्यको अपेक्षा सहित आगन्तुक विदेशी प्रतिनिधिलाई नेपाली टोपी र अन्य स्वदेशी टिमलाई खादा ओढाएर सम्मान तथा धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस