श‌खमुल छत्रेश्वरी शक्तिपिठमा शिवरात्रिको रौनक (फोटो/भिडियो पनि)

१७ फागुन २०७८, मंगलवार

आज महाशिवरात्री। देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो छ ।यस्तै सल्यानका शिवालयहरुमा पनि   भक्तजनको घुँइचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी महाशिवरात्रि पर्व मनाइन्छ ।

छत्रेश्वरीकाे श‌खमुलमा पनि हरेक वर्ष महाशिवरात्रिको अवसरमा विशेष मेला लाग्ने गर्छ । विगतझैँ यस वर्ष पनि महाशिवरात्रि मेलाको लागि यस क्षेत्रमा आजलाई विशेष मेला लागेकाे छ ।


प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रूपमा मनाउने हिन्दूहरूको परम्परा छ । यस रातलाई उनीहरू मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रूपमा लिने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस