सल्यान मा२०७९को निर्वाचनमा१लाख५८हजार८सय७०मतदाता सहभागी हुने

२०७८ फाल्गुन १५

सल्यानमा ३३ हजार मतादाता थपिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनको भन्दा अब आउने निर्वाचनमा ३३ हजार ६ सय १४ मतदाता थपिएका हुन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १ लाख २५ हजार २ सय ५६ मतदाता रहेको मा २०७९ को निर्वाचनमा १ लाख ५८ हजार ८ सय ७० मतदाता हुने जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

आइतबार निर्वाचन कार्यालयले आयोजना गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रम, २०५८ कार्यन्वयनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मतदातासँगै ३ मतदान स्थल समेत थप गरिएको छ । जिल्लामा १ सय ११ मतदान स्थल रहेकोमा कालिमाटी, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकामा एक एक गरी १ सय १४ मतदान स्थल पुगको जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले जानकारी दिए ।

मतदाता नामावली शुद्धीकरणका लागि वडामा अद्यावधिक गर्न पठाइसकेको उनले बताए। मतदाता परिचयपत्र हराएका नागरिकले २० फागुनभित्र कार्यालयमा आएर निवेदन दिन सक्ने व्यवस्था रहेकोसमेत उनले जानकारी दिए। परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएमा निवेदन दिन सकिनेछ।

कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याएपछि मतदाता परिचयपत्रका प्रतिलिपि लिन सकिने कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस