फाल्गुन ४ गते एमसीसी विरुद्ध बिप्लव सहित ६ राजनैतिक दलको नेपालबन्द

०३,फाल्गुन २०७८

माघ ३।एमसीसी विरुद्ध भोलि फागुन ४ गते ५ दल र १ मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।

राष्ट्रघाती एमसीसी सम्झौतालाई अनुमोदनका लागि देउवा सरकारले संसदमा टेबल गर्ने तयारी थालेपछि खारेजीका लागि संघर्षरत ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले भोलि फाल्गुन ४ गते बुधबार नेपाल बन्दको आव्हान गरेको हो ।

नेपाल बन्दको आह्वान गर्नेमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनैतिक रहेका छन् ।

एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट भोली पास गराउने षड्यन्त्र गरेको भन्दै उनिहरुले नेपाल बन्दको घोषणा गरेका हुन् ।

नेपाल वन्द गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका विभिन्न जिल्ला कमिटीहरुले बन्दको पुर्वसन्ध्यामा देशभर मसाल जुलस गरेका छन् ।

उनिहरुले नेपाल बन्दलाई पूर्ण रुपमा सफल बनाउनका लागि सम्पूर्ण देशभक्त, राष्ट्रवादी, यातायात व्यवसायी, उद्योग, ब्यापारी, कलाकारखाना लगायतलाई सहयोग गर्न पार्टीको आधिकारिक सुचना सार्वजनिक गरि अपिल गरेको

प्रतिक्रिया दिनुहोस