नेपाल राष्ट्रिय कर्मचारी संगठन बागचौरकाे पहिलो अधिवेशन बाट अध्यक्षमा बस्नेत

२०७८ फागुन ०२, साेमबार

२ फागुन, सल्यान । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन बागचौरले सोमबार शारदा टप हाेटलकाे सभाहलमा आयाेजना गरिएको प्रथम नगर सम्मेलन बाट हेमन्त बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेकाे छ ।

उक्त सम्मेलनबाट उपाध्यक्षमा रिता वली चयन हुनुकाे साथै सचिवमा केशव चन्द रहेका छन् । यस्तै संगठनको सह-सचिवमा हिरादेवी रोकाय, कोषाध्यक्ष निर्मला वली र सदस्यहरुमा धनेश्वर खड्का, सुन्दर खड्का, नवीन वली, ओम प्रकाश वली, राधा बटाला, गणेशा वली, प्रेम कवंर र सरोज गिरी लगायतको टिम चयन भएकाे छ ।

संगठनले पछि एक जना थप्ने गरि पाँच सदस्यीय सल्हाकार समिति समेत गठन गरेको छ । जसमा तिर्थराज डाँगी, टेक बहादुर रावत, प्रदिप डि.सी र मुना खड्का रहेका छन ।
प्रथम नगर सम्मेलन उद्धघाटन सत्रमा बोल्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय सचिव शेर बहादुर खडकाले आफ्नो संगगठनको फरक इतिहास भएको बताएका छन् ।

उनले प्रभावकारी जन सेवा र पेशागत अधिकार सुनिश्चताको लागी आफ्नो संगठन दृढताका साथ लागी परेको बताए । संगठनका कर्णाली प्रदेश इन्र्चाज समेत रहेका खड्काले शान्ती सुशासन आत्मनिर्भता समृद्धि र सामाजिक न्याएको लागी आफुहरु सधै तत्पर रहेको बताएका छन् ।

यस्तै हालसालै बागचाैर नगरपालिकाले आन्तरिक पर्यटन पर्बद्वन गर्नकाे लागि संघिय सरकारकाे कार्ययाेजना अनुरूप निर्मान गरिरहेकाे अग्लाटाकुरा भिउ टावर लाई विश्वसामु चिनाउन र पर्यटन पर्बद्वनमा टेवा पुर्‍याउनकाे लागि राष्ट्रिय कर्मचारी संगठन बागचौरले उक्त कार्यक्रम मार्फत अग्ला टाकुरा भिउटावर, बागचाैर नगरपालिकाकाे पहिचान अंकित टिसर्ट लाेकार्पण पनि गरेकाे छ ।

साथै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समितिका संयोजक कृति बहादुर पुन, नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य टिकाराम वली, रत्न बहादुर वली, लोकमान बुढाथोकी, कल्पना पुन, जिल्ला समन्वय उपप्रमुख हरि प्रकाश बुढाथोकी,अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य टेक बहादुर डि.सी, नेपाल बुद्धिजीवी संगठन केन्द्रीय सदस्य डा. पुर्ण भण्डारी नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी अध्यक्ष शोभाराम भण्डारी, सहसचिव मदन बस्नेत लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस