सल्यान, ११ माघ । सल्यानमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि […]
सल्यान २९, माघ । राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको आयोजनामा जिल्लाको सदरमुकाम खलंगा स्थित डाँडागाउँ बाल मन्दिरमा एक दिने फोटो प्रदर्शनी कार्यक्रम सप्पन्न भयको छ।
सक्षम फोटो पत्रकार : गुणस्तरीय फोटो : फोटो प्रदर्शनी र फोटो सुरक्षा’ भन्ने नाराका साथ जिल्लाभित्र भएको विभिन्न घटना तथा दृश्यहरुलाई दर्जनबढी फोटो पत्रकारले कैद गरेका करिव ८० वटा फोटोहरु प्रदर्शनी गरिएको थियो ।
प्रदर्शनीमा जिल्लाका प्रमुख पर्यटकियक्षेत्र, कुपिण्डेताल , खैरावाङ मन्दिर, छायाँक्षेत्र मन्दिर, कुमाख लेख, सुन्तला, अदुवा, आलु लगाएत जिल्लामा भएका धार्मिक तथा पर्यटकिय क्षेत्र, जिल्लाको कृषि तथा पशुपंक्षि, जैविक विविधता, कलासंस्कृति लगाएतका बिभिन्न क्षेत्रलाई समेटेर फोटो प्रर्दशनी गरिएको हो ।
।
बालमन्दिर परिसरमा भएको उक्त फोटो प्रदर्शनीले अकै ठाउ बाट जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरू को दृश्यावलोकन गर्न सकिएको र जिल्लामा भएका विभिन्न क्षेत्रहरुलाई पर्यटकीय गन्तब्यका बारेमा चिनाउन निकै महत्वपुर्ण भूमिका खेलेको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष बामदेव केसीले बताउनुभयो ।