प्रेस चौतारी सल्यानको छैठौ जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा प्रकाश भण्डारी

२७,पौष २०७८

प्रेस चौतारी सल्यानको ६औं जिल्ला अधिवेशन आज सल्यानको कपुरकोट सल्यानमा सम्पन्न भएको छ।

अधिवेशनले प्रकाश भण्डारी लाई अध्यक्षमा चयन गरेको छ। यस्तै उपाध्यक्षमा झक्कु प्रशाद शर्मा तथा शिवा डाँगी लाई महिला उपाध्यक्ष चयन गरेको छ।

यस्तै भुम प्रकाश भण्डारी सचिव र सह-सचिवमा नोखिराम थापा र सुधीर पुन चयन भयका छन।

कोषाध्यक्षमा सन्ध्या महतरा  सर्वसम्मत चयन भएकि छ्न। अधिवेशनले२१ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ।

कपुरकोटको होटेल सगरमाथामा भयको अधिवेशन उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य सन्तोष घर्तीको अध्यक्षतामा भयको हो। कार्यक्रममा कर्णाली प्रदेश गाउँपालिका महासंघ का अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन,नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष नवीन पौडेल लगायतको उपस्थिति रहेको थियो ।



 

प्रतिक्रिया दिनुहोस