बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
२६ पुष । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङकाे देउखुरीमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
वीरगञ्जबाट सुर्खेतकाे लागि छुटेकाे ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा नौ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घाइतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाको कारण खुलेको छैन तर तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको बताइएकाे छ । विस्तृत विवरण आउन बाँकि ।
