सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
२५ मंसिर २०७८
कोरोना महामारी बढेसँगै विगत १ वर्ष देखि भाैतिक कक्षा बन्द अबस्थामा रहेकाे एम्बिसन एकेडेमी विद्यालयले भाैतिक रूपमा सञ्चालनमा आए पछि पहिलो पटक अनलाइन र अफलाइन मार्फत गरिएका कार्यक्रमकाे २०७८ मंसिर २४ गते पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
एम्बिसन एकेडेमी नयाँ बानेश्वर, काठमाडौ ले आफ्नै विद्ययालय प्राङ्गणमा आयाेजना गरेकाे कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थी भाईबहिनीहरूले लोक तथा आधुनिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।
शिक्षक भवानी नेपालले सञ्चालन गरेकाे कार्यक्रममा विद्यालयका नृत्य शिक्षक चुडामणि फुयालले विद्यार्थीहरू लाई नृत्यको तयारी गराउनु भएको थियो भने अनलाइन डान्स प्रतियोगिताका निर्णायक नृत्य निर्देसक संघ भक्तपुर साखाका सह काेषाध्यक्ष अष्टमान लामा तामाङले निर्णायकाे भुमिका खेल्नु भएकाे थियाे ।
कोरोनाले विश्वलाई नै आक्रान्त पारेको अवस्थामा पनि विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विभिन्न समयमा अनलाइन डान्स प्रतियोगितासमेत सञ्चालन गराईरहेकाे एम्बिसन एकेडेमीका नृत्य शिक्षक चुडामणि फुयालले बताएका छन्।
हरेक वर्ष सञ्चालन गर्ने गरी सुरु गरिएकाे एम्बिसन डान्सिङ स्टार सिजन 2 गरेसँगै बन्द भएकाे विद्यालयले उक्त प्रतियोगिताकाे पनि पुरस्कार वितरण गर्न पाएकाे थिएन । गत वर्ष केही महिना विद्यालय सञ्चालनमा आएकाे समयमा समेत Inter House Quiz competition गर्दाको पुरस्कार समेत गरी विद्यालयका house caption, school caption र school vice captain तथा class caption हरूलाई ब्याजसमेत वितरण गरिएको फुयाल ले बताएका छन् ।
उक्त कार्यक्रममा विभिन्न समयमा विजयी भाइबहिनीहरू लाई पुरस्कार तथा प्रमाणपत्र पत्र विद्यालयका प्रिन्सिपल विष्णु कुमार घिमिरेले प्रदान गरेका थिए भने नृत्य निर्देशक संघ भक्तपुर शाखाका सह काेषाध्यक्ष अष्टमान लामा तामाङलाई विद्यालयकाे तर्फबाट टाेकन अफ लभ प्रदान गरिएकाे बताएका छन् ।