सल्यान, २३ कार्तिक । युवा सोच र विचारः शारदाको समृद्धिको […]
नेपाली काँग्रेसको गाउँ/नगरपालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा सल्यानको छत्रेश्वरी गाउँपालिकाको सभापतिमा सिता के सी विजय भएकी छन् ।
जिल्ला सभापति केश बहादुर विष्ट टिमकी उनी सल्यानमा दश वटा पालिकामा सभापतिको नेतृत्वमा उनि एक्ली महिला उम्मेद्धार हुन् । छत्रेश्वरी गाउँपालिकाको उपाध्यक्ष समेत रहेकी उनले प्रतिद्वन्द्वी टेक बहादुर विष्टलाइ १९ मतले हराउँदै निर्वाचित भएकी हुन् ।
केसीले ६१ मत ल्याउदा प्रतिद्वन्द्वी विष्टले ४२ मत ल्याएका छन् ।
सिता के सी उपाध्यक्ष छत्रेश्वरी गाउँपालिका
यस्तै कुमाख गाउँपालिकाको निवार्चनमा इश्वरी शाही निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी इन्द्र शर्मालाइ हराएका हुन् । विजय भएका इश्वरी केश बहादुर विष्ट टिमका हुन् ।
कालिमाटी गाउँपालिकामा गणेश केसी सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी पुर्ण बहादुर खत्रीलाइ ५० मतले हराउँदै केसी विजय भएका हुन् । केसीले ७३ मत ल्याउदा खत्रीले २३ मत ल्याएका छन् । निर्वाचित केसी जिल्ला सभापति धुर्वराज पुरी टिमका हुन् सल्यानका अन्य पालिकाहरुमा यतिबेला मत गणना भैरहेको छ ।