सल्यान, ११ माघ । सल्यानमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि […]
कञ्चनपुरको बेलडाँडीमा हजुरबुबालाई हराउँदै नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्।
गाउँ-नगरपालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्।
३७ वर्षीय गजबहादुरले खसेको ८५ मध्ये ४५ मत पाएका छन्। पराजित हजुरबुवा ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका छन्। जसमा ३ मत बदर भए।
गाउँपालिका कार्यसमितिको सभापतिमा विजयी गजबहादुरले पृतबहादुर १३ दिने जुठो लाग्ने हजुरबुवा भएको बताए।
बेलडाँडी गाउँपालिकामा टीकासिंह खड्का ४३ मत र ठगना राना ४० मतका साथ उपसभापतिमा निर्वाचित भएका छन्।