कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको […]
३० भदौ| कक्षा १२ को अन्तिम परीक्षा आज(बुधबार)देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार भौतिक उपस्थितिमै परीक्षा हुन लागेको हो।
परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन्। बोर्डका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ।
परीक्षामा विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको र ४ हजार ३१५ वटा परीक्षा केन्द्र तय भएको बोर्डले जनाएको छ।
यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो। तय भएको परीक्षा तालिका कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो।
सरकारले प्रवेशपत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ। गत वर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो।