सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
जेठ २३, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको बताएको छ । महानगरले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।
विद्यार्थीकाे शैक्षिक क्षेत्रमा पर्न गएकाे असर लाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ ।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै विरगञ्ज महानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय लाई पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छ। विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
१. विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिनुपर्ने ।
२. स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्ने ।
३.अर्को सूचना जारी नहुञ्जेल सवारी साधन सञ्चालन गर्न नपाइने ।
४. शिक्षण सिकाइका वैकल्पिक उपायहरु विद्यालय र अभिभावकबीच सहमति गरी लागु गर्ने ।
५. असार १ गतेदेखि ७ गतेसम्म भर्नालगायतका व्यवस्थापकीय कार्य गर्ने गराउने।
६. असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताहअन्र्तगत घरदैलो कार्यक्रम सञ्चालन गर्ने ।
७. असार १५ गते पश्चात नियमति रुपले पठनपाठन सुरु गर्ने गराउने ।
साथै कुनैपनि विषम स्थिति देखिनासाथ शैक्षिक प्रशासन महाशाखामा जानकारी गराइ निर्देशनअनुसार गर्ने गराउने पत्रमा उल्लेख छ ।
वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी २०० का हाराहारीमा विद्यालय रहेका छन् । नगर प्रमुख विजयकुमार सरावगीले कोरोना संक्रमण घट्दै गएको हुँदा विद्यालय सञ्चालन गर्ने परिपत्र गरेकाे बताएका छन् ।
‘आइतबारदेखि नै स्कुल खोलेर सरसफाइ गर्ने, नतिजा निकाल्ने काम गर्न भनेका छौं । विद्यार्थी भर्नासँगै कक्षा सञ्चालनको काम क्रमशः गर्दै जाने नगर स्तरीय शिक्षा समितिको बैठकबाट निर्णय भएको छ,’ उनले भने, ‘परिस्थिति अनुसार आवश्यक निर्णयहरु गर्दै जान्छौं ।’