सल्यान, २३ कार्तिक । युवा सोच र विचारः शारदाको समृद्धिको […]
३१, बैशाख । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
क्यापिटलले कोभिडको जोखिमलाई ध्यानमा राखी थोरै जनाको मात्र उपस्थितिमा बाँडफाँट कार्यक्रम आफ्नो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा १६ लाख ३७ हजार ६५९ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर माग भएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको १०.५२ गुणा बढी हो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण भएका छन् । त्यस अनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमध्ये ४ जनाले थप १ कित्ता शेयर पाएका छन् । बाँकी १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली भए ।
यस्तै कम्पनीको आईपीओमा आवेदन परेका ४ हजार ४४२ आवेदनहरु पनि रद्ध भएको छ ।