सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
सल्यान । सल्यानमा परीक्षा दिन लागि विद्यालय जाँदै गरेकी एक छात्राको भीरबाट लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको छत्रेश्वरी गाउँपालिका २ अत्तरकाडा निवासी चन्द्रकला शार्की रहेकी छ्न।
उनी घरबाट बिहानै कक्षा १० को परीक्षा को लागि विद्यालयतर्फ हिँडेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दौडेर विद्यालय जाँदै गर्दा बाटोमा भयको कुसुममा चिप्लिएर उनी करिब ४०० मिटर तल खसेकी थिइन् ।
घटना बिहान करिब सवा ९ बजे भएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताएका छ्न।