सल्यान, १ असोज । विद्यालयमा पढाइने विज्ञान विषयलाई व्यवहारिक ज्ञान […]
सल्यान, ४ असोज ।
सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर २ स्थित ज्यामिरेमा लामो समयदेखिको खानेपानी समस्या समाधान हुनेभएको छ । यस गाउँका ६५ घरधुरीमा स्वस्थ खानेपानी पुर्याउने लक्ष्य सहित योजना अघि बढाइएको हो । त्रिवेणी गाउँपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजनाको साझेदारीमा ज्यामिरे लिफ्ट खानेपानी योजना सञ्चालन हुने भएको हो ।
आर्थिक वर्ष २०८३/८४ को विकास बजेटमार्फत करिव ४५ लाख रुपियाँ लागत अनुमान गरिएको उक्त योजना यसै बर्ष सम्पन्न गर्ने लक्ष्य रहेको वडा अध्यक्ष हस्त बहादुर रामजाले जानकारी दिनुभयो । यसका लागि सोमबार उपभोक्ता समिती गठन हुन लागेको र त्यसका लागि भेला डाकिएको उहाँले जनाउनुभयो । योजना अन्तर्गत ६५ वटा धारा जडान गरिनेछ । जसमा एउटा विद्यालय र एउटा आमा समूहको भवनका लागि समेत धारा जडान गरिने बताइएको छ ।
पानीको मुहान बस्ती भन्दा करिब ३५० मिटर तल रहेकोले लिफ्ट प्रविधिमार्फत पानी माथि ल्याउन लागिएको हो । घरघरमा खानेपानी धारा जडान हुनेभएपछी उपभोक्ताहरु तोकिएको जनश्रमदान तथा लागत सहभागिताका लागि तयार भएको वडा कार्यालयले जनाएको छ ।
