सल्यानमा खनाल-नेपाल समूहको समानान्तर कमिटी

३ वैशाख २०७८

सल्यानमा  नेकपा एमालेको खनाल-नेपाल समूहले समानान्तर कमिटी गठन गरको छ।

खनाल-नेपाल समूहले उदयबहादुर बोहराको अध्यक्षमा १३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो। १३५ मध्ये १५ जनापछि थप गर्नेगरी जिल्ला कमिटी घोषणा गरिएको छ।

कमिटीको उपाध्यक्षमा रामकुमार खड्की, सचिवमा रमेशकुमार गौतम र सहसचिवमा भोला केसी छन्। गौतम यसअघि पनि एमालेका जिल्ला सचिव हुन्।

छिट्टै रिक्त सदस्यको पदपूर्ति र पालिकास्तरका पनि कमिटी गठन गर्ने सचिव गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस