कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको […]
सल्यान जिल्ला बागचौर नगरपालिका वार्ड नं १ गैरावेदका निमबहादुर बस्नेतले आफ्ना बुवाको इच्छा पुरा गर्न मेलपानि धाराको पुनःनिर्माण गरेका छन्।
उनका स्वर्गीय पिता पहलमान बस्नेतले आफ्नी पत्नी असारी बस्नेत र कान्छो छोरा केवल बस्नेतको सम्झनामा उक्त धारा र पिपल चौतारा को निर्माण बि.स. २०१९ मा गरेका थिए ।
हाल उक्त धारा जिर्ण भएकोले आफुले स्व.पिता पहलमान बस्नेत आमा नन्दकली /असारि बस्नेत र छोरी मेनुका को सम्झनामा रु ६० हजार लागतमा पुननिर्माण गरेको र कसैले जग्गा दिएमा एस्ता सामाजिक काम अझै गर्ने ईच्छा रहेको उनलेे बताए ।
उक्त धाराको आज एक कार्यक्रम विच बागचौर नगरपालिका वार्ड नं १ का वडा अध्यक्ष नेत्र बहादुर डाँगीले शिलालेख पढेर उद्घाटन गरेका थिए भने उक्त कार्यक्रममा पानीको उपभोग गर्ने उपभोक्ता आमा समूह पत्रकार लगायतको उपस्थिति रहेको थियो।