सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताएका थिए ।
बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याललगायतको सहभागिता थियो ।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्व निर्धारित कार्यतालिकाअनुसार परीक्षा भने सञ्चालन हुनेछन् ।
“पूर्वनिर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरु तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछनर,” शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस विषम परिस्थितिमा आफ्ना बालबालिकाहरुलाई विद्यालय बिदा भएको अवस्थामा घरभित्रै रहने व्यवस्था मिलाइ स्वास्थ्य प्रतिकूलताबाट जोगाउन सबै अभिभावकहरुमा मन्त्रालय हार्दिक अनुरोध गर्छ ।”
केही दिन यता वायुमण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै भोलिदेखि शुक्रबारसम्म बिदा दिने निर्णय मन्त्रालयले गरेको हो ।