काठमाडौँ — चार वर्षअघिदेखि सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवालाई काठमाडौं […]
स्वीस सरकार र नेपाल सरकार बिच भएको दुईपक्षीय संझाैता अनुसार बागचाैर नगरपालिका,बनगाड कुपिण्डे नगरपालिका , शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाकाे समन्वय हेल्बीटासकाे प्राबिधिक सहयाेगमा डेभलपमेन्ट सोसाइटी नेपालले संचालन भएको सुरक्षीत आप्रवासन परियोजना (सामी)
कार्यक्रमको अन्तरगत वित्तीय साक्षरता तथा मनाेपरामर्श कक्षाकाे अनुगमन सम्पन्न भएकाे छ ।
बागचौर नगरपालिका वडा नं. ५ को सिल्नेटामा बागचौर नगरपालिकाका उप-प्रमुख कल्पना पुन, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, योजना अधिकृत पुर्ण बहादुर वली, डेभलपमेन्ट सोसाइटी नेपाल, सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डि.सी., सुरक्षीत आप्रवासन परियोजना सामी कार्यक्रमका संयोजक बिमल गौतम, बागचौर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिक्रम रावत, वडा सदस्य नेत्र परियार लगायतका ब्यक्ति हरुले कक्षाकाे अनुगमन गर्नुभएकाे हाे ।
सामी कार्यक्रम अन्तर्गत बागचाैर नगरपालिका वडा नं.१ गैराबेत र ध्याप वडा नं ४ काे पेधिखाेला र वडा नं. ५ सिल्टेनामा गरि चार वटा कक्षामा १०५ जना सहभागीहरु भएको । छ महिना सम्म संचालन भएका कक्षाहरुमा बैदेशिक राेजगारिमा रहेका घर परिवारका सदस्यहरु सहभागी छन्
अनुगमनका मा सहभागीहरुले कक्षा अत्यन्तै उपयाेगि भएको धारणा राखेका थिय भने संस्था अध्यक्ष दिपेन्द्र प्रकाश डिसी कार्यक्रम संयाेजक बिमल गाैतम उप प्रमुख कल्पना पुन प्रमुख प्रशासकिय अधिकृत रामबहादुर हमाल याेजना अधिकृत पूर्ण वली लगायतले कार्यक्रमकाे बिषयमा सहभागिहरु संग छलफल गर्दै आगामी दिनमा सामी कार्यक्रमलाई प्रभाकारी बनाउने प्रतिबद्वता जनाउदै
सुरक्षित र मर्यादित बैदेशिक राेजगारिका लागि सबै सचेत हुनु पर्ने बैदेशिक राेजगारि वाट प्राप्त रिमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानि लगाउन सहभागीहरुलाई आग्रह गरेेेका थिए ।