सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
२५ माघ सल्यान । बिप्लब निकट अखिल (क्रान्तिकारी) द्धारा माघ २६ गते सोमबार राप्ती अन्चलभर शैक्षिक आमहड्ताल आह्वान गरिएको छ ।
संगठनका पश्चिम रुकुमका अध्यक्ष प्रेम प्रशान्त बोहरा र कोषाध्यक्ष धन बहादुर ओलीलाई विना कारण पक्राउ गरेको भन्दै शैक्षिक हड्तालको घोषणा गरेको अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष अनिल के सी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।
गत माघ १९ गते गरिएको विरोध र्यालीमा सहभागी उपाध्यक्ष सोम्पाल कामी र सह–सचिव प्रकाश वि.क लाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।
रुकुम पश्चिम लगाएत राप्ती क्षेत्रमा प्रशासन द्धारा विद्यार्थीहरु माथी गरिएको दमनको विरोधका निम्ती शैक्षिक आमहड्तालको आयोजना गरिएको जनाएको छ ।
साथै विज्ञप्ती मार्फत शैक्षिक संस्था संचालन नगर्न आग्रह गरिएको छ ।
विज्ञप्ती पढ्नुहोस ।
प्रेस विज्ञप्ती
यही माघ १८ गते आफ्नै कोठामा अध्ययन गरिरहेको अवस्थामा हाम्रो संगठन अखिल क्रान्तिकारी ) रुकुम पश्चिमका अध्यक्ष क . प्रेम प्रशान्त बोहरा , कोषाध्यक्ष धन बहादुर वलीलाई के.पी. सरकारको रामवहादुर गृह प्रशासनले विनाकारण गिरफ्तार गरेर झुट्टा मुद्दा लगाएर हिरासतमा राखेको छ भने उक्त गैरन्यायिक गिरफ्तारी विरुद्ध यही माघ १ ९ गते संगठन रुकुम पश्चिमको आयोजनामा भएको विरोध यालीमा प्रहरीले व्यापक दमन गरि विद्यार्थीहरुलाई आतंकित बनाउदै संगठन रुकुम पश्चिमका उपाध्यक्ष क सोम्पाल कामी र सह – सचिव क.प्रकाश वि.क.लाई अपहरण शैलीमा गिरफ्तार गरेर झुट्टा मुद्दा लगाउदै हिरासतमा राखेको छ । रुकुम पश्चिममा भएको उक्त गैरन्यायिक गिरफ्तारीको अखिल ( क्रान्तिकारी ) दाङ घोर निन्दा एवम् भत्सर्ना गर्दछ । कापी , कलम बोकेर विद्यार्थी हकहित र अधिकारको निम्ति तथा शैक्षिक विकृति , विसंगति , अन्याय , अत्याचार , दमन , शोषणका विरुद्ध अहोरात्र खटिरहेका विद्यार्थीहरु देखेर पतनको संघारमा पुगेको केपी सरकार अतालिएको प्रष्ट छ । निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई पत्ता लगाइ कार्वाही गर्न नसकेकै कारण देशमा आपराधिक घटना मौलाएको छ । भर्खरै मात्र वैतडी जिल्लाको दोगकेडार गा.पा. – ७ , चदेपानी निवासी कक्षा १२ मा अध्ययनरत १७ बर्षिय छात्र भागिरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको छ तर यो बहिरो सरकार र यसको प्रशासनले अहिलेसम्म अपराधी सार्वजनिक गर्न सकेको छैन । स्वर्गीय भागिरथी भट्टप्रती श्रद्धाञ्जली व्यक्त गर्दै अपराधीलाई तत्काल नियन्त्रणमा लिएर कडा कार्वाही गर्न र पिडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसँग माग गर्दछौं । रुकुम पश्चिम लगायत राप्ती क्षेत्रमा प्रशासनद्वारा विद्यार्थीहरु माथी भएको गैरन्यायिक गिरफ्तारी , दमन र गिरफ्तार कमरेडहरुको रिहा निम्ति हाम्रो संगठन राप्ती क्षेत्रीय समन्वय समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तर्गत यहि माघ २६ गते राप्तीका सबै जिल्लाहरुमा आम शैक्षिक हड्तालको कार्यक्रम रहेको हुँदा हाम्रो दाङ जिल्लामा पनि सवै शैक्षिक संस्थाहरु संचालन नगरी सहयोग गरिदिनुहुन विद्यार्थी , अभिभावक , शिक्षकहरू , शैक्षिक संस्था सञ्चालकहरु लगायत शैक्षिक क्षेत्रमा सरोकार राख्ने सबै निकायहरुलाई हार्दिक विनम्र अनुरोध गर्दछौ ।
क्रान्तिकारी अभिवादन सहित !
२५ माघ , २०७४