सल्लिवजारमा केपि समुहले उतार्यो विशाल जनमास

२४, माघ २०७७

२४ माघ, सल्यान|नेपाल कम्युनिस्ट (नेकपा) वलि समुहले बनगाड कुपिण्डे नगरपालिकामा नगर स्तरीय भेला गरेको छ । भेलाले गञ्जमान वुढाकाे अध्यक्षतामा ३३ सदस्य नगर कमिटी समेत थप गरेको छ ।

भेलालाई नेकपा केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि गुलाव जंग शाहले सम्वाेधन गर्नु भएको थियोे ।
उहाले देशमा अहिले याे अवस्था सृजित हुनुमा मुख्य दाेषि प्रचण्ड- नेपाल समूह रहेको जनाउनु भयो ।


देशमा विकासको हुदै गर्दा र विकासले अाधार तय गर्ने खाेज्दा त्यो देख्न सहन नसक्ने तत्वका परिणाम अाज वाध्याकारि अवस्था चुनावमा जानू परेको उहाँको धारणा थियोे ।चुनाव जानू रहर नभएर वाध्यता भएको उहाँको भनाइ छ ।

सुखि नेपाली सम्वृद्द नेपालकाे नेपाली जनताले गरेको परिकल्पनामा तुसारापात लगाउने खेल भयो ।याे सम्पूर्ण वाधक प्रचण्ड -नेपाल समुह भएको अाराेप रहेको छ ।

देश सुरुङ मार्गमा जाँदै थियोे,ठुलो विकासकाे गति अघि वढदै थियोे याे सव देखि नसक्ने अस्थिरतावादिहरुले गर्दा अाज याे अवस्था अाएको नेता शाहकाे धारण रहेको थियोे ।दुईतिहाइ सरकारका प्रधानमन्त्रीलाई असफल पार्ने,ढाल्ने अघि वढ्न नदिने,अविश्वासकाे प्रस्ताव दर्ता गर्ने अादि खेलले गर्दा अाज याे परिणाम दखिएको जनाएको छ ।

कार्यक्रमका अर्को वक्ता नेकपा जिल्ला अध्यक्ष गाेविन्द कुमार पुनले भ्रम सिर्जना गर्ने,सधैं झुटकाे खेति गर्ने र चोइटिएर जानेहरुकाे साथ छाेड्न उहाँको आग्रह थियोे ।

अहिले पनि अाफुलाइ फेरि नगरमा वहुमतकाे धाक लागेको सुन्नमा अाएकोले यस्तो खेलमा अाफु नरहेको भनाइ छ ।

बहुमतको घुर्की देखि विचलित नहुने भनाइ थियोे । तर पनि उक्त कुराकाे नगर प्रमुख समेत रहेका पुनले ठाडाे चुनौती दिनु भएको छ ।काेहि पनि गलत कुरा र कुप्रचारका पछि नलाग्न उहाँको धारण रहेको छ ।भेलामा २ नं वडा अध्यक्ष तथा कर्णाली परिषद सल्लाहकार सदस्य प्रतिमल वुढा,अकबर पुन,दिपवहादुर खड्का,जिल्ला कमिटी सदस्य अासा वलि,चन्द्री का पुन,अनेरास्ववियुका केन्द्रीय सदस्य राजेश वलि,युवा संघ प्रदेश क का संयोजक इन्द्र भाट,युवा संघ प्रदेश कमिटी सदस्य सञ्जिता शर्मा लगाएले सम्वाेधन गर्नु भएको थियोे ।

त्यसैगरी विभिन्न पार्टी प्रत्याग गरि नेकपा वलि समुहमा प्रवेश गर्नेहरु चन्द्र पुन,जाेति वुढा,शेरवहादुर वुढा,जीवन कुमार खिमवहादुर घर्ती,भुमा खत्री,पुनम वलि,निर्मला पुन,केसरि पुन,धनी साहु लगाएतका नव प्रवेशिलाई द्वय नेताले स्वागत गरेका थिए ।वलि समुहले वजार परिक्रमा,माेटरसाइकिल र्यालि गरिएको थियोे । गञ्जमान वुढाकाे अध्यक्ष्ातामा भएको नगर स्तरीय भेलाको सञ्चालन अनेरास्ववियु केन्द्रीय सदस्य रामवहादुर केे सि ले गर्नु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस