काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका बन्गाड कुपिण्डे नगर अध्यक्ष विजय वस्नेतले नेकपामा (वली समुह) प्रवेश गरेका छ्न । वस्नेतलाई नेकपाको ओली समुहका केन्द्रीय सदस्य गोविन्द कुमार पुनले खादा ओढाएर पार्टीमा स्वागत गर्नु भएको हो । यस्तै राप्रपा जिल्ला कमिटी सदस्य छोटेलाल वुढा, नेपाली कांग्रेसबाट छलि थापाले समेत नेकपामा प्रवेश गरेको जनाइएको छ । सो अबशरमा पुनले कम्युनिष्ट विचार धारामा प्रतिबद्ध भएर लाग्न सबै कार्यकर्ताहरुमा आग्रह गर्नुभएको छ ।
यसैबिच नेकपा ओली समुहको बनगाड कुपिण्डे नगर स्तरीय वैठक सम्पन्न भएको छ । नगर कमिटीका सचिव गुञ्जमान वुढाको अध्यक्षतामा भएको कार्यक्रम नेकपाका नेता गोविन्द कुमार पुन, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर अध्यक्ष नारद घर्ती, नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, कर्णाली प्रदेश परिषद सल्लाहकार सदस्य प्रतिमल वुढा, पुर्व जिल्ला कमिटी सदस्य टेकराज शर्मा, इन्द्र भाट, विवेक पुन, प्रेमवहादुर वुढा लगाएत को मन्तव्य रहेको थियो ।
