ओली नेतृत्वको नेकपा सल्यान -काठमाडौँ सम्पर्क मञ्चको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

०७ माघ ,२०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपा सल्यान काठमाडौँ सम्पर्क कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


बुधबार काठमाडौंको त्रिचन्द्र कलेजमा भएको कार्यक्रममा केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता हरु ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटनको बचाउ गरेका थिए।

कार्यक्रमको सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सांसद गुलाब जंग शाहले अब राजनैतिक दलहरु चुनावमा लाग्नुपर्ने बेलामा सडकमा नभौतारिन आग्रह गरेका थिए । अब सडकमा विरोध गरेर केहि नहुने भन्दै सबैलाई चुनावमा लाग्न अनरोध गरेका थिए । कोही साथीहरु अहिले अराजक गतिविधि गरिरहेको भन्दै अराजक क्रियाकलापहरुमा लाग्न खोज्ने साथीहरुलाई त्यसको फल महँगो पर्न सक्ने चेतावनी समेत उनले दिएका थिए।

त्यस्तै शाहले आफूहरूको अभियानले अर्को समूह छायामा परेको भन्दै अतालिएर बेहोसमा आन्दोलनका कार्यक्रमहरु गरिरहेको बताए ।
आफ्नो संगठनमा उत्साह देखिएको भन्दै नेता साहले आमनागरिकले के पि ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरु थाहा पाउँदै गएको र सरकारविरोधी भ्रम आफूहरुले चिर्दै गएको बताए ।
काठमाडौंको त्रिचन्द्र कलेजमा भएको उक्त कार्यक्रम मनिराम शर्माको अध्यक्षतामा सुरु भएको थियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु गुलाब जङ शाह ,देवी भुसाल ,घनश्याम पुन,राजेश वलि युवा संघ केन्द्रीय सदस्य प्रीन्स बस्नेत लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रमको संचालन ध्रुवराज धितालले गरेका थिए भने उक्त कार्यक्रममा फौद बहादुर बस्नेत सहसंयाेजकत्वमा ५५ सदस्यीय कमिटी गठन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस