सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
सल्यान । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रचण्ड माधव पक्षले नेतृत्व गरेको नेकपामै रहेको प्रस्ट पारेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्री बुढाले कर्णाली प्रदेशको एक जिम्मेवार प्रदेश सभा सदस्यको हैसियतले सो प्रदेशको सरकारलाई स्थिरता प्रदान गर्न आफु प्रचण्ड माधव पक्षको नेकपामा रहेको जानकारी दिएका छन् ।
‘जनताको अपार मायाले निर्वाचित कर्णली प्रदेश सभाको एक जिम्मेवार सदस्यका रुपमा कर्णली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नुपनि त्यतिकै महत्वपूर्ण भूमिका रहेको वर्तमान परिवेशमा मैले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको गौरवशाली पार्टी नेकपामा नै आवद्ध रहेको आदरणीय डोल्पावासी दाजुभाई तथा दिदीबहिनीहरु तथा आम कर्णालीबासी नागरिकलाई सहर्ष जानकारी गराउन चाहान्छु’, बुढाले विज्ञप्तिमा भनेका छन् । यसअघि केपी ओली पक्षले बुढा आफ्नो पक्षमा रहेको दावी थियो ।