सल्यान, २२ मंशिर । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजेबैठक बस्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली भने आजको बैठकमा सहभागी नहुने सम्भावना रहेको छ।
ओलीको असहमतिको बावजुध आज बैठक बस्ने निर्णय नेकपा सचिवालयले हिजै गरेको हो। हिजो मंगलवार भएको सचिवालय बैठकमा ओलीले आजको बैठकमा सहभागी नहुने संकेत गरेका थिए।
दुई अध्यक्षले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै बैठकमा छुट्टाछुट्दै प्रस्ताव पेस भएगरेपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ।
मंगलबारको बैठकमा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा छलफल हुन नसक्ने बताएपछि नेताहरुबीच चर्काचर्की परेको थियो।
सचिवालयका अधिकांश सदस्यले अध्यक्षद्वयका प्रस्तावमा छलफल हुनुपर्ने अडान लिएपछि रुष्ट बनेका ओलीले सचिवालयका आगामी बैठकमा उपस्थित नहुने सन्देश दिएका छन्।