सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
प्रहरीले विस्फोटक पदार्थ सहित नेत्रविक्रम चन्द (विप्लव) समूहका ६ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा लमजुङमा सोमवार अपराह्न १ बजे प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई घेराबन्दी गरेर पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका वडा नं २ का (लमजुङ इञ्चार्ज) ४२ वर्षीय जङ्गबहादुर भण्डारी, मध्यनेपाल नगरपालिका वडा नं ४ लमजुङका (लमजुङ जिल्ला कमिटी सदस्य) ६२ वर्षीय नारायणबहादुर कुँवर,लमजुङ जिल्ला, दोर्दी – ७ घर भएका (जिल्ला सेक्रेटरी) ४६ वर्षीय बिलबहादुर गुरुङ, राइनास नगरपालिका ६का (जिल्ला कमिटी सदस्य) ३४ वर्षीय रवीन्द्र नखोला रहेका छन।
जिल्ला प्रहरी कार्यालयका लमजुङ प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार अभियुक्तलाई खाजतलासी गर्नेक्रममा झोलाभित्र लुकाइराखेको विस्फोटक पदार्थ त्यस्तै ग १५ प ८१३७ नम्बर र बा ७४ प ७०८७ नम्बरका मोटरसाइकल, पार्टीसँग सम्बन्धित कागजपत्र, नगद, मोबाइल सेट र सिमकार्ड पनि बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।