सेलरोटी व्यवसायलाई निरन्तरता दिदै रन्जु दर्शना

सोमबार, मंसिर ८, २०७७

विवेकशील नेपाली दलकी नेतृ रन्जु दर्शना ले सेलरोटी व्यवसायलाई निरन्तरता दिने भएकी छन् । केही वर्षअघि सेलरोटी व्यवसायलाई व्यावसायिक रूपमा अगाडि बढाउन खोजेकी रन्जुले चुनाव र पार्टीलाई समय दिनु परेकाले निरन्तरता दिन नसकेको बताएकी थिइन् । यसपटक उनले ६ जना साथीसँग मिलेर सेलरोटी व्यवसाय अगाडि बढाएको फेसबुकमार्फत जानकारी दिएकी छन् ।

एउटा सेलरोटीको २५ रुपैयाँ पर्ने र  २० ओटा भन्दा धेरैअर्डर गर्नेलाई उपत्यका भित्र घरमै डेलिभरीको ब्यवस्था रहेको र  विवाह पार्टी र अन्य कार्यक्रमका लागि पनि अर्डर गर्न सकिने उनले बताएकी छन्।

सुरुमा यो व्यवसाय सामान्य लागे पनि त्यसलाई कसरी बढाउने भन्नेतर्फ सोच्नुपर्ने उनी बताउँछिन् । सेलरोटी बेच्नु ,बनाउनु ठूलो काम होइन तर पनि धेरैले शुभकामना दिनुभएको छ हौसला दिनु भएको छ। भोलिका दिनमा पक्कै राम्रो हुनेछ उनी बताउँछिन्।

रञ्जु सानोमा आमाले सेलरोटी बनाएको देखेर सेलरोटी बनाउन तर्फ आकर्षित भएकी हुन् । उनी भन्छिन्”  राम्रो सेल पकाउन जान्ने भनेर सबैले मेरो कार्यको तारिफ गर्नुहुन्थ्यो ।  सबै प्रक्रिया हेर्दा र बुझ्दा राम्रो मीठो सेल बनाउनु पनि एक किसिमको कला हो जस्तो लाग्छ।

फेसबुक मार्फत आफूले सेलरोटी व्यवसाय अगाडि बढाएको जानकारी दिएपछि फेसबुकमा अहिले मिश्रित प्रतिक्रिया देखिएका छन्

प्रतिक्रिया दिनुहोस