पार्टीलाई विभाजनको अस्थामा पुर्‍याएको भन्दै चितवनमा नेता पाण्डेमाथि दुर्व्यवहार

७ मंसिर २०७७, आइतवार

चितवनको राप्ती नगरपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बिरुद्ध गुटको राजनीति गरेको भन्दै नाराबाजी भएको छ।

वीरेन्द्रनगरमा नगरकमिटीले गरेको कार्यक्रममा सुरेन्द्र पाण्डेले पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा होहल्ला र नाराबाजी भएपछी कार्यक्रम स्थगित भएको हो ।

चितवनमा रहेका पाण्डेले विभिन्न कमिटीलाई कार्यक्रम आयोजना गर्न भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध कार्यक्रममा अनावश्यक आक्षेपहरु लगाउदै आएका थिए।

आफ्नो क्षेत्रमा विकासको नेतृत्वसमेत गर्न नसक्ने पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अस्थामा पुर्याउन पाण्डेको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यकर्ताले नारावाजी गरेको बताएका छन।

नेता पाण्डेले भने पार्टीको निर्णयविरुद्ध काम गर्ने प्रधानमन्त्रीको कार्यशैलीले वर्तमान विवाद सृजना गरेको बताए ।

उता  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् । सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस