सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहले सरकारी स्तरको शिक्षालाई सुधार्न तिनै तहका सरकार एक जुट हुनुको बिकल्प नरहेको बताउनु भएको छ। बागचौर नगरपालीका वडा नं ९ मा रहेको शिशु जागरण मा.वि. खोरबारे को २ कोठे भवन, गेट तथा फिल्ड उदघाटन कार्यक्रममा बोल्दै शाहले यस्तो बताउनु भएको हो ।
शिक्षा क्षेत्रलाई नयाँ गतिदिने काममा स्थानीय तहको नै पहिलो भुमिमा रहेको भन्दै नेपाल संघियतामा गई सकेपछि तिन तहको सरकार रहेकाले अहिले (१-१२) सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइसकेकोले प्रदेश र संघिय सरकारले स्थानीय तहलाई भरपुर सहयोग गर्नु उहाँको भनाई रहेको थियो ।,
शिक्षा क्षेत्रमा मात्र नभइ अन्य विकास निर्माणका कामहरुमा पनि ३ तहका सरकारले सहकार्य गर्नुपर्ने र हिजोकै ढर्राबाट नभई नयाँ कोणबाट तिनै तहका सरकार मिलेर शिक्षा लगायत विकासका कार्यमा गुरु योजना बनाइ अगाडि बढनु पर्नेमा उहाँले जोड दिनुभयो ।
शिक्षालाई आबश्यकतामुखि,रोजगारमुखि ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विक्रि हुने ब्रान्डको जनशक्ति उत्पादन गर्नुपर्ने र देश विकासको मेरुदण्डनै शिक्षा भएकोले अब शिक्षालाई नयाँ शैलीबाट अघाडी बढाउन नसकेको खण्डमा देशले ठुलो क्षति ब्यहोर्नुपर्नेमा उहाँले चिन्ता ब्यक्त गनुभयो
बागचौर नगरपालीका वडा नं.९ मा रहेको शिशु जागरण मा वि खोरबारेमा आ.ब.२०७६/०७७ मा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको रु २० लाखमा २ कोठे भवन र आ.ब.२०७६/०७७ को कर्णाली प्रदेश पुर्वाधार विशेष कार्यक्रम अन्तरगत रु २० लाख लागतमा गेट तथा फिल्डको निर्माण गरियको हो ।
यो पनि पढ्नुहोस ।
बागचौर नगरपालीकामा बुवाको सम्झनामा एक वडा अध्यक्ष द्धारा प्रतिक्षालय निर्माण