सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले छत्रेश्वरी गाउँपालिकामा वडा कमिटी गठन लाई तिब्रता दिएको छ । गाउँपालिका का बिभिन्न वडाहरुमा कमिटि गठन गरेको नेकपाले आज मेघराज मल्लको अध्यक्षतामा वडा नं. १ मा नयाँ सेल कमिटी गठन गरेको हो ।
निम बहादुर चन्दको स्वागत मन्तब्यबाट शुरु गरिएको उक्त कार्यक्रमको प्रमुख आथित्य नेपाल कम्यूनिष्ट पार्टी छत्रेश्वरी गाउँपालिका १ का पार्टी अध्यक्ष टिकाराम के सी ले गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सल्लाहकार समितिका सदस्य टोप ब. चन्द, गाउँपालिका पार्टी सदस्य खड्ग शाही, नेत्र चन्द,हिरा चन्द,हार्दिक मल्ल, सुवास बि क, वडा कमिटी सचिव लेखबहादुर चन्द, बुद्धिजीवी काली बहादुर चन्द, तेजराज चन्द लगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो।
सलिना शाही चन्दले संचालन गरेको उक्त कार्यक्रममा करिव २०० बढि पार्टि शुभचिन्तको उपस्थिति रहेको थियो ।


